लुम्बिनीमा सत्तारुढ दलको बैठक बस्दै, दलहरूको समर्थन तथा मन्त्रालय भागबन्डाका विषयमा टुंगो लगाइँदै – Nepal Press

लुम्बिनीमा सत्तारुढ दलको बैठक बस्दै, दलहरूको समर्थन तथा मन्त्रालय भागबन्डाका विषयमा टुंगो लगाइँदै

रुपन्देही । सत्तारुढ दलले केन्द्रबाट मुख्यमन्त्री, सभामुख र उपसभामुखको पद टुंग्याएपछि लुम्बिनी प्रदेशमा सामूहिक बैठक बस्न लागेको छ ।

एमाले सांसद भूमिश्वर ढकालले प्रदेश राजधानी देउखुरीमा सत्तारुढ दलहरूको बैठक केही समयमा बस्न लागेको बताए । बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जनमत र जनता समाजवादी पार्टीको सहभागिता रहने उनले बताए ।

बैठकले केन्द्रको समीकरण अनुसार मुख्यमन्त्रीको दाबी पेस गर्न दलहरूको समर्थन जुटाउने छ । दलका सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरिनेछ ।

लुम्बिनी प्रदेशमा बुधवार पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिइएको छ । प्रदेशमा एमालेले मुख्यमन्त्री पाएसँगै संसदीय दलका नेता लीला गिरी मुख्य बन्ने निश्चित छ ।

८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छ । जसमा एमालेका २९, माओवादी केन्द्रका १० र राप्रपाका र नागरिक उन्मुक्तिका ४/४, जनमत र जसपाका ३/३ जना गरी गठबन्धनमा ५३ सांसद छन् ।

प्रदेशको सभामुख माओवादी र उपसभामुख राप्रपाको भागवण्डामा परेको छ ।

माओवादीबाट सभामुखको लागि तुलाराम घर्ती वसन्त र दीपेन्द्र पुन सिजल दाबेदार छन् भने उपसभामुखमा राप्रपाबाट मेनुका खाण केसी र मिनाकुमारी श्रेष्ठको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर