नयाँ संसदको पहिलो बैठक (लाइभ) – Nepal Press

नयाँ संसदको पहिलो बैठक (लाइभ)

काठमाडौं । नयाँ संसद्को पहिलो बैठक सुरू भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको हो ।

बैठकमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गरेका छन् ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ ।

मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ सांसद रहेका छन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर