मधेसको सबैभन्दा ठूलो दल एमाले पहिलोपटक सत्तामा, को बन्दैछ मधेस प्रदेशको सभामुख ? – Nepal Press

मधेसको सबैभन्दा ठूलो दल एमाले पहिलोपटक सत्तामा, को बन्दैछ मधेस प्रदेशको सभामुख ?

जनकपुरधाम । मधेस प्रदेशको पहिलो दल बने पनि मुख्यमन्त्री नपाएको नेकपा एमालेले मधेसमा पहिलोपटक राजकीय पदमा आफ्नो प्रतिनिधित्व गराउँदैछ ।

सत्ता गठबन्धनको भागबण्डामा एमालेले मधेसको सभामुख पाएको छ । यसअघि पाँचै वर्ष एमाले मधेसमा प्रतिपक्ष थियो । यसपटक २३ सीटसहित मधेस प्रदेशको पहिलो दल बनेको एमालेले सभामुखसहित सरकारमा सहभागिता जनाउँदै छ ।

सभामुखमा एमालेबाट रामचन्द्र मण्डल र राजकुमार लेखीमध्ये एकजनाको नाम टुंगो लाग्दैछ । एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले भने यसबारेमा पार्टीले कुनै निर्णय नगरेकाे बताए ।

लेखी सप्तरी १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य हुनु । त्यस्तै मण्डल धनुषा १(१)बाट निर्वाचित प्रदेश सभा सदस्य तथा धनुषा इन्चार्ज हुन् ।

यसअघि यी दुवै नेता संसदीय दलको नेताका पनि आकांक्षी थिए ।

मधेस प्रदेशको सभामुख र उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता र माघ २ गते निर्वाचनको मिति तोकिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर