सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल पक्का, सभामुख र उपसभामुखमा छैन उम्मेदवारको टुङ्गो – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल पक्का, सभामुख र उपसभामुखमा छैन उम्मेदवारको टुङ्गो

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका छन् ।

सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ ।

एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। त्यसपछि माओवादीका दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।

केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ ।
मुख्यमन्त्रीको लागि एमालेबाट रावल पक्का भइसक्दा सभामुख र उपसभामुखको भने अझै टुङ्गो लाग्न बाकी छ ।

सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए ।

सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर