यी हुन् प्रदेश १ का नयाँ मन्त्री – Nepal Press

यी हुन् प्रदेश १ का नयाँ मन्त्री

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी भएको छ ।

सत्ता साझेदार प्रमुख दलबाट १/१ जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले नेता गुरु बरालले बताए ।

पहिलो चरणको मन्त्रिपरिषदमा जसपा भने अटाउने सम्भवना कम रहेको छ । पहिलो चरणमा ४ देखि ५ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी रहेको एमाले श्रोतले भन्यो । पहिलो चरणमा एमाले, माओवादी र राप्रपासहितको मन्त्रिपरिषद गठनको तयारी भइरहेको छ । यदि सत्ता साझेदार माओवादीको आन्तरिक कुरा मिलाउन समस्या भए माओवादीबाट थप एकजना मन्त्री बन्ने छन् । माओवादीमा २ उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माको लाइनका कारण को–को मन्त्री बन्ने भन्ने आन्तरिक समस्या रहेको छ ।

एमाले श्रोतले सोमबार सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने, विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको जनाएको छ । अहिले नै कुन मन्त्रालय कसले लिने भने टुगिसकेको छैन । भोलि विस्तार हुने मन्त्रीपरिषदमा माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं सचिन, राप्रपाबाट भक्ती सिटौला र एमालेबाट तिलकुमार मेन्यङ्बो सदस्य हुनेछन् ।

एमालेबाट २ जना मन्त्री भए बुद्वीकुमार राजभण्डारी पनि मन्त्री बन्ने श्रोतले जनाएको छ ।

विस्तारित मन्त्रीहरुको मुख्यमन्त्रीका रुपमा हिक्मत कार्कीले सपथ खाएसँगै पद तथा गोपनियताको सपथ खानेछन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले सोमबार २ बजे मुख्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर