नवनियुक्त मुख्यमन्त्री कार्की भन्छन्- प्रदेशको नामाकरण उच्च प्राथमिकता (भिडिओ) – Nepal Press

नवनियुक्त मुख्यमन्त्री कार्की भन्छन्- प्रदेशको नामाकरण उच्च प्राथमिकता (भिडिओ)

‘विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, आलोपालो केन्द्रले टुंग्याउँछ’

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए ।

उनले भने, ‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’

प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए। उनले सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए ।

माओवादीले सभामुख पाउनसक्ने भएपनि अहिलेसम्म नटुंगिएको प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर