नेप्से २० अंकले वृद्धि, साढे ५ अर्ब कारोबार
नेपाल प्रेस
२०७९ पुष २४ गते १५:४४
काठमाडौं । सेयर बजार २०.६८ अंकले वृद्धि भएको छ । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१६४.४८ अंकमा पुगेको हो ।
२ सय ५९ वटा कम्पनीको आज १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार भएको हो । भने, ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
खप्तड लघुवित्त र बाराही हाइड्रोको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर