समिर आचार्यको आवाज रहेको ‘धानको बाला लरीलरी’ सार्वजनिक (भिडिओ) – Nepal Press

समिर आचार्यको आवाज रहेको ‘धानको बाला लरीलरी’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक समिर आचार्यको आवाज रहेको ‘धानको बाला लरीलरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा आचार्यले नै शब्द र संगीत भरेका छन् ।

सार्वजनिक गीतमा मोहित मुनालको संगीत संयोजक, राजिव समरको कोरियोग्राफी, शान थापाको निर्देशन र बुद्ध थापाको छायाङ्कन रहेको छ । भिडिओमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्य उर्फ मुन्नीको अभिनय देख्न सकिन्छ ।

गायक आचार्यले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’, ‘घाममा सुकाइदेऊ’, ‘झम्के माया’ जस्ता दर्जनौँ हिट गीतहरु गाईसकेका छन् ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *