नेपाल टी–२० लिगः फाइनलमा पुग्न लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य – Nepal Press

नेपाल टी–२० लिगः फाइनलमा पुग्न लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । जारी नेपाल टी–२० लिगको फाइनल पुग्न लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जारी पहिलो क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको छ ।

लुम्बिनीको ब्याटिङमा इशान पाण्डेले सर्वाधिक ३८ रन योगदान गरे । ओपनर हर्मीतसिंह गोल्डेन डकआउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे । कप्तान दिपेन्द्रसिंह ऐरी १० रन, अनिल शाह २४ रन र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।

जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई÷दुई विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए ।

आजको खेलमा विजयी हुने टिमले फाइनलमा स्थान बनाउने छ । र पराजित हुने टिमले भोली हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर