प्रेमीलाई जन्मदिनमा पूजाको मन छुने सन्देश- तिमी मेरो जीवनमा त्यति बेला आयौ जब म पूरै टुटेको थिएँ – Nepal Press

प्रेमीलाई जन्मदिनमा पूजाको मन छुने सन्देश- तिमी मेरो जीवनमा त्यति बेला आयौ जब म पूरै टुटेको थिएँ

काठमाडौं । व्यवसायी युद्ध बानियाँसँग प्रेममा रहेकी अभिनेत्री पूजा शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएकी छन् ।

नायक आकाश श्रेष्ठसँग सम्बन्ध चिसिएको हल्ला बजारमा आएपनि प्रेमी सार्वजनिक गर्न डराउने पूजा अहिले भने खुलेरै सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गरिरहेकी छन् ।

पूजाले प्रेमीसँगको रोमान्टिक तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘जन्मदिनको शुभकामना यू.. तिमी मलाई भगवानले दिनुभएको सबैभन्दा अमूल्य उपहार हौ । म तिमीलाई सधैँ माया गर्नेछु। तिमी मेरो जीवनमा त्यति बेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, आँखाको हाँसो र मेरो जीवनको आनन्दको कारण हौ।’

पूजाको उक्त पोस्टमा अभिनेत्री श्वेता खड्कालेसमेत ज्वाइँ साहेब भन्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *