न्यूनतम साझा कार्यक्रम : १४ पृष्ठ लामो प्रतिवेदन, शीर्ष तहले अन्तिम रूप दिने – Nepal Press

न्यूनतम साझा कार्यक्रम : १४ पृष्ठ लामो प्रतिवेदन, शीर्ष तहले अन्तिम रूप दिने

काठमाडौं । सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई बुझाएको छ ।

१४ पृष्ठ लामो प्रतिवेदनमाथि अब शीर्ष तहमा छलफल हुनेछ ।

सरकारमा सहभागी सात वटै राजनीतिक दलहरू समेतको सहभागितामा बुझाइएको प्रतिवेदनमा सबै राजनीतिक दलका घोषणापत्रमा समेटिएका विषयहरू समावेश छन् ।

ड्राफ्टमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत प्राथमिकताहरू समेटिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

उनले उच्च स्तरीय संयन्त्रले अध्ययन गर्ने र आवश्यकता अनुसार परिमार्जन गरी सरकारलाई बुझाउने बताए ।

यो पनि पढ्नुहाेस् : सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै, यस्ता छन् प्राथमिकता

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर