निर्वाचनबारे समीक्षा गर्न कैलाली एमालेले तीन दिन खर्चियो, पाँच सदस्यीय कार्यदल गठन – Nepal Press

निर्वाचनबारे समीक्षा गर्न कैलाली एमालेले तीन दिन खर्चियो, पाँच सदस्यीय कार्यदल गठन

कैलाली । मङ्सिर ४ मा सम्पन्न निर्वाचनबारे एमाले कैलालीले समीक्षा सम्पन्न गरेको छ । एमाले जिल्ला कमिटीले आयोजना गरेको समीक्षा बैठक लगातार तीन दिन सम्म चलेको थियो ।

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ एमालेले कुनै पनि क्षेत्र जित्न सकेको थिएन ।

कैलालीमा प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० क्षेत्र छ। यी सबै क्षेत्रमा एमाले शून्य रह्यो । सोचे अनुसारको परिणाम नआउनु मा समीक्षा बैठकले पाँच कारण पत्ता लगाएको छ ।

पार्टी भित्रको अन्तर्घात, गठबन्धनको प्रभाव, पार्टी विभाजनको प्रभाव, जातीय क्षेत्रीय भड्कावलाई चिर्न नसक्नु र पार्टीको संरचनालाई व्यवस्थित गर्न नसक्नु हारका प्रमुख कारण रहेको समीक्षा बैठकको प्रारम्भिक बुझाइ रहेको थियो । यस विषयमा छानबिन गर्न पार्टी उपसचिव ममता प्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत तयार गरिएको पार्टी सचिव डेजी पाण्डेले जानकारी दिए ।

कार्यदलको सदस्यमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेस ओझा र वीर बहादुर साउँद रहेका छन् । कार्यदलले समीक्षा उठेका विषयहरूलाई थप छानबिन गरेर प्रतिवेदन ल्याउने त्यही प्रतिवेदनको आधारमा जिल्ला कमिटीले थप कदम अघि बढाउने सचिव पाण्डेले बताए ।

बिहीबारबाट धनगढीको पार्टी कार्यालयमा सुरु भएको बैठक शनिवार सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर