माधव नेपाललाई ओलीले भने- एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेले अब जुरो हल्लाउने काम छैन (भिडिओ) – Nepal Press

माधव नेपाललाई ओलीले भने- एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेले अब जुरो हल्लाउने काम छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसले अहिलेको सरकारलाई र नयाँ परिवर्तन देश र जनताको पक्षमा ठिक छ भन्न समेत नसकेको भन्दै दिशाहीन राजनीतिको औचित्य नरहेको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ सरकार गठन ठिक छ भन्ने फैसला समेत गर्न नसक्नेहरूले पाए जोसँग पनि एकता गर्ने र कांग्रेस पनि नछाड्ने दृष्टिकोण लिएको बताए ।

चुनावपछि पहिलो पटक नेकपा एसको बारे टिप्पणी गर्दै ओलीले भने- नेकपा एस भन्ने पार्टीको हिजो अस्ति पोलिटब्युरो,स्थायी कमिटी बैठक बस्यो रे । अहिलेको परिवर्तन ठिक छ,देशभर जनताको पक्षमा नयाँ सरकारको गठन ठिक भन्ने फैसला पनि गर्न सकेन । एमालेसँग पनि एकता गर्ने, जसपा पनि एकता गर्ने वार्ता कमिटी बनाएछ । कस्तो राजनीति,कस्तो दृष्टिकोण हो,पाए कांग्रेसतिर पनि लाग्ने ।

ओलीले माधव नेपालतिर संकेत गर्दै अब जुरु हल्लाउने काम छैन भन्दै एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टी समेत बन्न नसकेको बताए ।

विगतमा दुई पटक पार्टी फुटाउनेहरूको उपलब्धि कांग्रेस जिताउनेबाहेक केही नभएको भन्दै ओलीले एमालेसँग मिल्दा ३६ सीट जितेको माओवादीले कांग्रेससँग मिल्दा १८ मा झरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर