नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गर्यौंं : ओली (भिडिओ) – Nepal Press

नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गर्यौंं : ओली (भिडिओ)

‘एमालेको आसधारण हस्तक्षेपबाट यो सरकार बन्यो,हाम्रा छिमेकी पर्खालबाट झरेर यो सरकार फेरफार गर्न खोज्दैछन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गरेका छन् ।

पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको बताए ।

ओलीले भने–अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन कम्पाउण्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ । हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं,यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन ।

ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको भन्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताए ।

प्रतिक्रिया

2 thoughts on “नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गर्यौंं : ओली (भिडिओ)

  1. सहि कदम उठाउनुभयो । थाहै नदिई सरकार गठन गरिदिनुभयो । यसलाइ भत्काउन खेल शुरू भैसकेको छ । त्यो खेललाई पनि कुटनीतिक तवरले थाहै नदिई निस्तेज बनाईदिनु पर्छ । प्रचण्ड प्रधानमन्त्री भएकोमा होईन, सरकार बनाउने नेतृत्व ओलिले लिएको भनेर केही देशलाई डाहा भएको छ । ति देश नेपालीले आफैं सरकार बनाएको, नेपाली तिनीहरूको गुलाम नभएको, नेपालमा विकास भएको देख्नै सक्दैनन् । तिनलाई परास्त गर्न सक्ने नेता भनेको अहिले ओलि मात्रै हुन् । अरू पार्टीका कतिपय नेता त तिनका एजेण्ट नै छन् । अहिलेको सत्ता गठबन्धनभित्र पनि त्यस्ता एजेण्टवाला तत्व हुन सक्छन । सावधान रहनुहोला ।

  2. नेपालीले नेपालमा आफ्नाे सरकार बनाउने वा भत्काउने अधिकार राख्न सक्छ । याे नेपालीकाे सार्वभाैम अधिकार हाे । यसमा काेही कसैकाे गाेटी बन्न जरुरी छैन । हामी नेपाललाई माया गर्नेहरु एक हाैै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर