काठमाडौंलाई ७ विकेटले हराउँदै विराटनगर प्लेअफमा – Nepal Press

काठमाडौंलाई ७ विकेटले हराउँदै विराटनगर प्लेअफमा

काठमाडौं । कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी–२० लिगको प्लेअफ पुगेको छ ।

काठमाडौंले प्लेअफमा स्थान बनाउन अर्को खेलमा पोखरा एभेन्जर्स फारवेस्टर्न यूनाइटेडसँग पराजित हुनुपर्नेछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍याे ।

विराटनगरका कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेले उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो रोहितको तेस्रो अर्धसतक हो ।

ओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेले । उनले ४९ बलमा चार चौका प्रहार गरे । हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे ।

काठमाडौंका अविनाश बोहराले दुई विकेट लिए । उनले ३ं४ ओभरमा ३५ रन खर्चिए ।यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ ।

पोखराको ६ र फारवेस्टको ४ अंक रहेको छ । काठमाडौं प्लेअफ पुग्न पोखरा आज हुने दोस्रो खेलमा फारवेस्टसँग पराजित हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर