पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा – Nepal Press

पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् ।

सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।

उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’

त्यसो त गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारले निर्णय नगरे पनि पृथ्वी जयन्ती मनाएका थिए । उनले सरकारको प्रवक्ताको हैसियतमै नेपाल प्रज्ञा प्रतिष्ठानमा पृथ्वी जयन्ती समारोहको नेतृत्व गरेर झाँकीसहितको प्रदर्शनीमै भाग लिएका थिए ।

प्रतिक्रिया

One thought on “पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा

  1. पृथ्वीनारायण शाह भनेको राष्ट्रनिर्माता हुन पौष २७गते विदा दिनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर