इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई – Nepal Press

इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई

काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि हासिल गरेको छ । सानो भर्‍याङको भण्डारस्थित मैदानमा पाँच दिनसम्म लगातार भएको खेलमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका खेलाडी प्रथम भएका हुन् ।

प्रतियोगितामा नेपाल मेडिकल कलेजका खेलाडीहरू दोस्रो भएका थिए । उपविजेता खेलाडीहरूले सिल्ड, मेडल र नगद पुरस्कार पाएका थिए । त्यसैगरी, बेस्ट अफ द प्लेयर’को उपाधि संस्थानका कार्यकारी निर्देशक प्रा.डा. नगेन्द्रबहादुर केसीले वितरण गरेका थिए । नेपाली सेनाले आफ्नो जिम्मेवारी देखि बाहेक अन्य अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । सामाजिक गतिविधि, खेलकुद विकासमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आइरहेको नेपाली सेनाले जनाएको छ ।

पाँच दिने प्रतियोगिता पुस १७ बाट २१ गतेसम्म सञ्चालन भएको थियो । बास्केट बल प्रतियोगितामा किस्ट मेडिकल कलेज, पाटन मेडिकल कलेज र नेपाल मेडिकल कलेज लगायतका देशभरका मेडिकल कलेजहरू सहभागी भएका थिए ।

प्रतियोगिताको समापन समारोहमा चिकित्सा शास्त्र महाविद्यालय, नेपाल आर्मी व्यावसायिक तालिम इन्स्च्युट, कलेज अफ नर्सिङग महाविद्यालयका प्राचार्य, प्राध्यापक, प्रशासन प्रमुख, संकाय सदस्य, सैनिक अधिकृत, गैरसैनिक कर्मचारीहरू र विभिन्न मेडिकल कलेजका प्रोफेसर लगायत करिब ९ सय संख्यामा सहभागीहरूको उपस्थित थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर