रिलायन्स लाइफले लाभांश नबाँड्ने – Nepal Press

रिलायन्स लाइफले लाभांश नबाँड्ने

काठमाडौ । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको बुधबार (पुस २० गते) बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । अन्य बीमा कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहँदा रिलायन्सले भने सेयरधनीको हात खाली गराएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७६/७७) को नाफाबाट भने ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । रिलायन्स लाइफ सानिमा लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा छ । यी दुवै कम्पनीले असार २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *