ग्लोबल आईएईले दुई दिन बैंकिङ सेवा बन्द गर्ने – Nepal Press

ग्लोबल आईएईले दुई दिन बैंकिङ सेवा बन्द गर्ने

काठमाडौ । ग्लोबल आईएमई बैंकको बैकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ । पुस २५ देखि ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार गर्न लागिएकोले डाटा माइग्रेसनका लागि २३ गते र २४ गते सम्पूर्ण बैंकिङ सेबा बन्द हुने बैंकले जनाएको छ ।

यो अवधिमा ग्लोबल आईएमईको मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीम र एजेन्टमार्फत हुने रेमिट्यान्स भने सञ्चालन हुने बैंकले जनाएको छ । मंसिर २३ गते भएको बैंकको २८ औ वार्षिक साधारणसभाले ग्लोबल आइएमइ र बैंक आफ काठमाडौ एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो ।

सोही अनुसार दुई बैंक एक भई २५ गतेबाट एकीकृत कारोबार गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *