चितवन महोत्सवको तयारी अन्तिम चरणमा – Nepal Press

चितवन महोत्सवको तयारी अन्तिम चरणमा

चितवन । यही पुस २५ देखि सुरू हुने चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गर्दै आगामी पुस २५ गतेबाट माघ ४ गतेसम्म नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हुने मेलाको तयारीबारे जानकारी गराएको हो । उद्योग वाणिज्य संघ चितवनको आयोजना भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रवर्द्धनमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र चितवनको तोरी र मौरी पालन व्यवसायलाई प्रतिबिम्बित गरिने श्रेष्ठले बताए । कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चितवनको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आशा जनाए ।

त्यस्तै गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा ११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गोरखाको खेलकुद मैदानमा आगामी पौष २७ देखि माघ ७ गते सम्म आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *