बुटवलमा पनि चर्कियो लघुवित्त खारेजीको नारा, ब्याजले ढाड सेकाएको गुनासो (भिडिओ) – Nepal Press

बुटवलमा पनि चर्कियो लघुवित्त खारेजीको नारा, ब्याजले ढाड सेकाएको गुनासो (भिडिओ)

रुपन्देही । बुटवलमा पनि लघुवित्त खारेजीको आन्दोलन उठेको छ । लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै बुटवल बजारमा प्रदर्शन गरेका हुन् ।

देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध र्‍यालीमा सहभागीहरू अधिकांश महिला थिए । पीडितहरूले सहभागीले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गरलगायतका नारा लगाएका छन् ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग रहेको बताए ।

प्रतिक्रिया

One thought on “बुटवलमा पनि चर्कियो लघुवित्त खारेजीको नारा, ब्याजले ढाड सेकाएको गुनासो (भिडिओ)

  1. व्याज त यिनले चर्कै लिन्छन् र काठमाडौंमा बसेर जुवा खेले झैं खेल्ने कथित शेयर लगानिकर्तालाई लाभाँशको नाममा त्यहि गरिव चुसेको पैसा खुवाउँछन् । ७५, १००% नाफा शेयरधनीलाई किन ? त्यसको सट्टा व्याज घटाएर यी महिलालाई राहत दिनुपर्दैन? खोइ राष्ट्र बैंक कता छ ? तर खारेजि कै माग गर्ने चाहिँ ठग हुन सक्छन् किनकी खारेज गराउन पाए पैसा तिर्नु पर्दैनथ्यो भन्ने होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *