महालक्ष्मी विकास बैंकले गर्‍यो ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता – Nepal Press

महालक्ष्मी विकास बैंकले गर्‍यो ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी, चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौतामा महालक्षी बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने उल्लेख गरिएको छ । ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ‘ओपिडी डक्टर क्नसुलेसन र चेकअफ’ सेवा निशुल्क, ‘जर्नल डेन्टल ट्रिटमेन्ट’ सेवामा १५ प्रतिशत र ‘ओर्थो थेरिपी र डेन्टल इमपलान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशत सम्मको सहुलियत पाउने जनाइएको छ ।

उक्त सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुवास घिमिरे र बैंकका तर्फबाट संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *