सेयर बजारमा ५ अर्बभन्दा बढीको कारोबार, बजार पूँजीकरण ३१ खर्ब नाघ्यो – Nepal Press

सेयर बजारमा ५ अर्बभन्दा बढीको कारोबार, बजार पूँजीकरण ३१ खर्ब नाघ्यो

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक सबै समूहमा उछाल छ । आज कारोबार ५ अर्ब नाघेको छ । कारोबार बढेसँगै बजार पुँजीकरण पनि ३१ खर्ब नाघेको हो । बजार घटेर १७ खर्बसम्म पूँजीकरण घटेको सेयर बजारमा पूँजीकरणसमेत बढ्दै गएको छ ।

चन्द्रागिरी हिल्स, बुद्धभूमि हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य आजको कारोबारमा सर्वाधिक बढेको हो ।

यता बाराही हाइड्रोपावर पब्लिक, हिमालयन ऊर्जा विकास कम्पनी, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएपछि आत्मविश्वास बढेको लगानीकर्ता बताउँछन् ।

सरकारको नेतृत्व फेरिएसँगै सेयर बजारमा सुधार देखिरहेको छ । पुस ११ मा बजार पूँजीकरण २७ खर्ब ८२ अर्ब थियो । गुमाइरहेका लगानीकर्ताले ३ खर्बभन्दा बढी फर्काइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *