भिभोले अब नयाँ उत्पादन सार्वजनिक गर्ने प्रतिबद्धता – Nepal Press

भिभोले अब नयाँ उत्पादन सार्वजनिक गर्ने प्रतिबद्धता

काठमाडौँ । सन् २०२३ मा भिभोले नवीन उत्पादन र ग्राहक केन्द्रित पहल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । भिभोले २०२३ मा बहुप्रतिक्षित ‘भी२७’ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादन सार्वजनिक गर्ने जनाएको छ ।

भिभोले ‘भी२३’ मा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने ‘भी२५’ मा ५०एमपी फ्रन्ट क्यामेरा, ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ ।

रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई अलगै स्वरुप दिएको छ । ब्रान्डले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ ।

नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको र नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहललाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्ने बताएइएको छ ।

भिभोले राम्रो क्यामेरा क्षमता, द्रुत-चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषतामार्फत सबैलाई आकर्षित गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *