गण्डकीमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिए ४ दिनको समय – Nepal Press

गण्डकीमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिए ४ दिनको समय

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

यहाँ पनि कुनै एक दलको स्पष्ट बहुमत नभएकाले बहुमतका लागि दुई वा दुईभन्दा बढी दल आवश्यक परेको हो ।

सातवटा प्रदेशमध्ये अब मधेस प्रदेशमा मात्र सरकार गठनको आव्हान हुन बाँकी छ । जसपा र जनमतले मुख्यमन्त्री दाबी गरिरहेकाले मधेसको सरकार गठन पेचिलो बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर