उपसमितिको सुझाव- चुनावमा पार्टी निर्देशन नमानेकालाई फेरि कांग्रेस प्रवेश गर्न नपाउनेगरी निष्कासन – Nepal Press

उपसमितिको सुझाव- चुनावमा पार्टी निर्देशन नमानेकालाई फेरि कांग्रेस प्रवेश गर्न नपाउनेगरी निष्कासन

पार्टीका आन्तरिक चुनाव फरक-फरक अवधिमा गर्न कार्यतालिकासहित सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको निर्देशनविपरीत काम गरेको ठहरसहित जिल्लाबाट सिफारिस भएका व्यक्तिलाई पुनः पार्टीमा प्रवेश गर्न नपाउनेगरी निष्कासन गर्न सुझाव दिएको छ ।

अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगाना नेतृत्वको उपसमितिले निर्वाचनको समीक्षासहित पार्टीमा बुझाएको प्रतिवेदनमा उम्मेदवारले कारवाही गर्न सिफारिस गरेका व्यक्तिहरुको हकमा भने अनुशासन समितिले अनुगमन गरी निर्णय हुनुपर्ने जनाएको छ ।

कांग्रेसमा गठबन्धनका घटक दलहरुविरुद्ध बागी उठेका उम्मेदवार तथा तीनका प्रस्तावक समर्थकहरुलाई गठबन्धन भंग भइसकेको अवस्थामा कारवाही फिर्ताको वहस चलिरहेको बेला अनुशासन समितिले यस्तो सुझाव दिएको हो ।

समितिको सुझावमा भनिएको छ, ‘नेपाली कांग्रेसको परिपत्र बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको निर्देशन बाहिर रही कार्य गरेको ठहरिएमा जिलले गसिफारिस गरी पठाएको व्यक्तिहरुलाई पुनः पार्टीमा प्रवेश गर्न नपाउनेगरी पार्टीबाट निष्कासन गर्नुपर्ने ।’

कांग्रेसको यो उपसमितिले पार्टीको आन्तरिक चुनाव गर्ने कार्यतालिका समेत संशोधन गर्न सुझाएको छ । हाल सबै तहका चुनाव ५ वर्षमा गर्ने गरिएकोमा अब वडादेखि केन्द्रसम्म गरी समय तोकिनुपर्ने जनाएको छ ।

सुझावमा पहिलो वर्ष वडा इकाइ समिति, दोस्रो वर्षमा निर्वाचन क्षेत्री समिति, तेस्रो वर्षमा जिल्ला र प्रदेश अधिवेशन, चौथो वर्षमा नीति महाधिवेशन, महाधिवेशन र केन्द्रीय कार्य समिति छनौट हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर