बंगलादेश कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान – Nepal Press

बंगलादेश कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन् । उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी छन् ।

पोखरेल दुई दिनपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर