मुख्यमन्त्रीको माग गर्दै एमाले कर्णालीका नेता बालकोटमा – Nepal Press

मुख्यमन्त्रीको माग गर्दै एमाले कर्णालीका नेता बालकोटमा

सुर्खेत । कर्णालीमा मुख्यमन्त्री पाउनु पर्ने माग गर्दै कर्णालीका नेता बालकोटमा पुगेका छन् । बिहिवार नेकपा एमालेका नेताहरु मुख्यमन्त्रीको माग गर्दै बालकोटमा पुगेका हुन् ।

प्रदेशको मुख्यमन्त्री यमलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । कर्णालीका नेताले सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले पाउँनु पर्ने माग गरेका छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुर्खेत सहइन्चार्ज मोहनमाया ढकालले कर्णालीका नेताहरु बालकोट पुगेको बताईन् । उनले भनिन् ञकर्णालीका नेताहरु काठमाडौ आएको बेला पाटि अध्यक्ष ज्यू सँग आफ्नो माग राख्नु स्वाभाविक हो हामी अध्यक्षलाई कुरेर बसेका छौं ।

एमालेका सिनियर नेतामध्ये प्रदेशमा चुनाव लड्नेमा यामलाल कँडेल भएकाले गठबन्धनमा कर्णाली एमालेले लिने लगभग निश्चित छ । तर पनि प्रदेशका नेताहरु पार्टी अध्यक्षलाई भेटेर आश्वस्त हुन खोजेका हुन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर