विनोद र शाहिदीको शतकीय साझेदारीमा फारवेस्टले काठमाडौंलाई दियो १९८ रनको चुनौतीपूर्ण लक्ष्य – Nepal Press

विनोद र शाहिदीको शतकीय साझेदारीमा फारवेस्टले काठमाडौंलाई दियो १९८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । विनोद भण्डारी र कप्तान हर्शमतुल्लाह शाहिदीको शतकीय साझेदारीमा फारवेस्टर्न युनाइटेडले काठमाडौं नाइट्सलाई जारी नेपाल टी-२० लिगमा १९८ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रनको योगफल तयार पारेको छ ।

फारवेस्टका ओपनरद्वय शाहिदी र भण्डारिले उत्कृष्ट ब्याटिङ गरे । शाहिदीले पहिलो विकेटका लागि भण्डारीसँग १५७ रनको साझेदारी गरेका थिए । जुन जारी लिगको सबैभन्दा धेरै रनको साझेदारी हो । १६.३ ओभरमा अविनाश बोहराको बलमा क्याचआउट हुनु अघि भण्डारीले ४४ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन योगदान गरे ।

शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रन जोडे । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे ।

काठमाडौंका वसिर अहमदले ४ ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

जारि प्रतियोगितामा यसअघि ७ खेल खेलेको फारवेस्ट एक जित र ६ हारको नतिजासहित २ अंकका साथ तालिकाको पुछारमा छ । ८ खेल खेलेको काठमाडौं समान ४ जित र हारका नतिजासहित ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर