स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय – Nepal Press

स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय

काठमाडौं । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  नेपालप्रेसलाई बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

निर्वाचन सम्बन्धी कार्यक्रम  एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ ।’

२०६५ देखि नियमित हुन सकेको थिएन ।  १४ वर्षपछि हुन लागेकाे चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

याे पनि पढ्नुहाेस् ।

देश हाँक्ने नेताको नर्सरी स्ववियु- १४ वर्षपछि चुनावको चर्चा, त्रिवि र विद्यार्थी संगठनबीचमै छैन विश्वास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर