न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी – Nepal Press

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने कसरतमा जुटेका हुन् ।

हिजो बालुवाटारमा बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने लगायतका विषयमा कार्यक्रममा प्राथमिकताका साथ अगाडि बढाउने सहमति गरेका थिए ।

यस्तै सकेसम्म छिटो गठबन्धनले केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुंगो पनि लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर