गठबन्धनको प्रष्टिकरण- भागवण्डाको लागि मन्त्रालय फुटाउनेबारे सोचेका छैनौं – Nepal Press

गठबन्धनको प्रष्टिकरण- भागवण्डाको लागि मन्त्रालय फुटाउनेबारे सोचेका छैनौं

नीति तथा कार्यक्रमलाई भोलि अन्तिम रुप दिइने

काठमाडौं । सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बताए ।

भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको बताए । उनले मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनकाे भनाइ छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने मन्त्री लामिछानेले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रतिक्रिया

One thought on “गठबन्धनको प्रष्टिकरण- भागवण्डाको लागि मन्त्रालय फुटाउनेबारे सोचेका छैनौं

  1. मन्त्रालय त धमला जस्तोको लागि फुटाउनु परेको छ ।फुटाएको भोलिपल्टदेख टिभीमा मान्छे बोलाएर घोक्रो फुटने गरी विरोध गर्न पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर