माधव नेपाल भन्छन्: राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका छ – Nepal Press

माधव नेपाल भन्छन्: राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको चार वर्ष पार्टी निर्माणमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘हामी विचार मिल्नेहरुसँग एकता पनि गर्छौं । मोर्चा पनि बनाउनेछौं । विचार, सिद्धान्त र विधि मिल्नेहरुसँग मिलेर जान्छौं । यो सबै सिलसिलामा हाम्रो भूमिका महत्वपूर्ण छ भन्ने कुरा सबैले आत्मसात गर्नुपर्छ । हामीले विभिन्न पार्टीहरुसँग कुरा सुरु गरिसकेका छौं । यो क्रम अगाडि बढ्दै जानेछ। त्यसैले हामीलाई कसैले बेवास्ता गर्लान् कि भनेर आत्तिनुपर्ने कारण छैन ।’

संविधानको रक्षा गर्दा नै अहिले राजनीतिक स्थायित्व भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर