सुदूरपश्चिममा सभामुख निर्वाचनको तालिका सार्वजनिक – Nepal Press

सुदूरपश्चिममा सभामुख निर्वाचनको तालिका सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनको तालिका सार्वजनिक भएको छ । पुस २८ गते हुने सभामुख निर्वाचनको लागि प्रदेशसभा सचिवालयले आज निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पुस २७ गते बिहान १०ः३० देखि २ः३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुनेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुनेछ ।

निर्वाचन भने पुस २८ गते दिउँसो १ बजे गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । प्रदेशसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले २८ गते सभामुखको निर्वाचन गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए । दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर