टी-२० लिगमा फिक्सिङको भ्रम फैलाएको क्यानको भनाइ, प्रमाणसहित उजुरीको आग्रह – Nepal Press

टी-२० लिगमा फिक्सिङको भ्रम फैलाएको क्यानको भनाइ, प्रमाणसहित उजुरीको आग्रह

काठमाडौं । जारी नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’/‘स्पोट फिक्सिङ’ का बारेमा केहीदिन यता विभिन्न समाचार आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मुख खोलेको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन आग्रह गरेको छ ।

नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर