नेपाल टी–२० लिग : १७ ओभरमा छोट्याइयो लुम्बिनी र काठमाडौंबीचको खेल – Nepal Press

नेपाल टी–२० लिग : १७ ओभरमा छोट्याइयो लुम्बिनी र काठमाडौंबीचको खेल

काठमाडौं । म्याच अम्पायरले चिसो मैदानका कारण समयमा टस हुन नसकेको बताए पनि खेलाडी टस हुने समयमा मैदानमा नपुग्दा जारी नेपाल टी–२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्सबीचको खेल १७ ओभरमा छोट्ट्याइएको छ ।

जारी लिगमा दिनमा दुई खेल हुने गरेका छन् । पहिलो खेलेको टस ८ः३० मा हुने गरेको छ। तर, आज काठमाडौंका खेलाडी ८ः५० मा मात्रै मैदान पुगेका थिए ।

मङ्गलवार पनि पहिलो खेल खेलाडीको पारिश्रमिक नपाएको कारण टस गर्न नमाने पछि खेल दुई घण्टा ढिला सुरु भएको थियो ।

१७ ओभरमा छोट्ट्याइएको खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगितामा लिग चरणको ९ औं खेल खेलिरहेको लुम्बिनीले यसअघि, सात जित र एक हारको नतिजा निकालेको छ । लुम्बिनी १४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

७ खेल खेलको काठमाडौं ४ जित र तीन हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर