प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

दुई नेताहरुबीच अहिले छलफल जारी छ। समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रपतिदेखि प्रदेश मुख्यमन्त्रीसहित मुख्य पदहरु प्याकेजमा भागवण्डाको प्रयास भइरहेको छ भने प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर