सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन, निर्णयको जिम्मा सचिवालयलाई – Nepal Press

सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन, निर्णयको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन बनेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको एक नेताले बताएका छन् ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।’

उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दोहोर्‍याए ।

खतिवडाले भने, ‘उहाँहरूसँगै बहुमत छ। अहिले हामीलाई औपचारिक प्रस्ताव आएको छैन । त्यसबारेमा अब सचिवालयले निर्णय गर्छ ।’

एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा सहभागी हुनेबारे नेताहरू दुई धारमा बाँडिएका छन् । शनिबार र आइतबारको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर