वामपन्थी एकताको पहल गर्ने नेकपा एसको निर्णय
नेपाल प्रेस
२०७९ पुष १९ गते १५:३३
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले वामपन्थीहरुको बीचमा एकता र सहकार्य केन्द्र भागमा रहेर काम गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘हामी वामपन्थी एकताको पक्षमा छौँ। त्यसका लागि आवश्यक निर्णय र गृहकार्य गर्ने जिम्मा पोलिटब्यूरोले सचिवालयलाई दिएको छ ।’
जसपासहित सबै वामपन्थी शक्तिलाई एकजुट बनाउन पहल गर्ने बताए ।
प्रतिक्रिया