यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’, छिटो र झन्झटरहित सेवा प्रवाहमा जोड – Nepal Press

यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’, छिटो र झन्झटरहित सेवा प्रवाहमा जोड

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् ।

मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए । छिटो र झन्झटरहित सेवा प्रवाहका लागि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे पनि जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।

उनले मन्त्रालय सम्हालेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गर्दै भनसुन र घूस नखुवाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

उनले सोमबार पनि आफ्नो मन्त्रालयमा १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

One thought on “यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’, छिटो र झन्झटरहित सेवा प्रवाहमा जोड

  1. पत्रकार पछाडि लगाएर गरिने छड्के पनि छड्के हुन्छ? यो त मिडिया स्टन्टमात्रै हो । परिवर्तन गर्न चाहानेले नीति र विधिमा छड्के हान्छन् । नमच्चिने पीङको सय झड्का भनेको यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर