वागमती प्रदेशमा सभामुखको निर्वाचन पुस २८ गते हुने – Nepal Press

वागमती प्रदेशमा सभामुखको निर्वाचन पुस २८ गते हुने

हेटौँडा । वागमती प्रदेशमा सभामुखको लागि पुस २८ गते निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले पुस २८ मा सभामुख तथा पुस २९ मा उपसभामुखको निर्वाचन गर्ने निर्याय गरेको हो ।

निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय भएको छ । बैठकले सभामुख र उपसभामुखको निर्वाचन पश्चात प्रदेश प्रमुखको संवोधन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर