एलेक्स ब्लेकको आक्रामक अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६५ रनको लक्ष्य – Nepal Press

एलेक्स ब्लेकको आक्रामक अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । एलेक्स ब्लेकको आक्रमक अर्धशतक प्रेरित काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल तयार पारेको छ ।

काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको इनिङ खेले । उनले २८ बलमा ७ छक्का र तीन चौका प्रहार गरे । उनी जारि लिगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।

ओपनर विरन्दीपसिंह ३८ बल खेल्दै २ चौका र १ छक्कासहित ३२ रनमा आउट हुँदा सुनम गौतमले ४२ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाएका थिए ।

अज्मतुल्लाह ओमारजाई ३ रनमा आउट हुँदा रायन बर्ल १० र लोकेश बम ४ रनमा अविजित रहे ।

पोखराको बलिङमा तुल बहादुर थापाले २ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसी र कुशल मल्ले समान दुई विकेट लिए ।

काठमाडौं पाँच खेलमा तीन जित र दुई हारको नतिजा निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पोखरा सात खेलमा पाँच हार र दुई जितको नतिजासहित ४ अंक जोडेर चौथो स्थानमा छ ।

लुम्बिनी अलस्टार्स ७ मध्य ६ खेल जित्दै १२ अंक जोडेर तीन खेल अगावै प्लेअफमा पुगिसकेको छ । जनकपुर रोयल्स दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा फार वेर्स्टन युनाइटेड र जनकपुर भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर