हामीहरू वामपन्थी एकताका लागि सक्रिय छौँ : महेश बस्नेत – Nepal Press

हामीहरू वामपन्थी एकताका लागि सक्रिय छौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको बताएका छन् ।

शनिवार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै अव आफूहरू वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको बताएका हुन् ।

बस्नेतले पुराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे । जनताको पुराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनको उनले बताए । बस्नेतले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने सुझाव ए ।

उनले नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठूलो दल भएकोले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर