बालकोटको बार्दलीमा घाम ताप्दै ओलीसँग रवि लामिछानेको ‘प्याकेज संवाद’ – Nepal Press

बालकोटको बार्दलीमा घाम ताप्दै ओलीसँग रवि लामिछानेको ‘प्याकेज संवाद’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धनको नीति तथा कार्यक्रम र जनतालाई डेलिभरी दिने प्रक्रियाबारे शीर्ष तहमा छलफल गरेका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने बालकोट पुगेका थिए ।

बालकोटको बार्दलीमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच सबै विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।

ओली नेपालकै सफल गृहमन्त्रीका रूपमा समेत २०५१ सालमा चर्चित भएका थिए । प्रहरीमा ३० वर्षे हटाउनेदेखि उच्च अधिकारीको बढुवामा समेत लामिछाने विवादमा पर्न चाहँदैनन् ।

सरकारको नीति तथा कार्यक्रम र यसको प्रभावकारीताकै बारेमा गठबन्धनको मुख्य घटक एमालेका अध्यक्ष तथा उच्चस्तरीय संयन्त्रका संयोजकसँग छलफल भएको सचिवालयले जनाएको छ ।

लामिछानेलाई ओलीले नै प्रचण्डसँग भेट्न पठाएर गठबन्धनबाट प्रचण्डलाई अलग गर्न निर्णायक भूमिका खेलेका थिए । गठबन्धनको तेस्रो ठूलो घटक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका साथै राज्यसत्ताका अन्य अंगमा पाउने प्रतिनिधित्वको बारेमा शीर्ष तहमा सहमति जुटाउन लामिछाने सक्रिय छन् । बालकोटको बार्दलीमा घाम थाप्दै सबै विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

रास्वपाको प्रतिनिधित्व प्रदेशमा नभएकाले संघीय सरकारमा कम्तिमा चार मन्त्रालय र उपसभामुखमा उसको दावी छ । यसमा ओली पनि सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया

One thought on “बालकोटको बार्दलीमा घाम ताप्दै ओलीसँग रवि लामिछानेको ‘प्याकेज संवाद’

  1. यदि साचै ओली राज नेता बन्ने हो भने अहिले को गठबन्धन लाई पुरै साथ र सहयोग गर्नु पर्छ यदि बिचमा गएर भाडभइलो गर्न थालियो भने यसको परिणाम पाच वर्ष पछि जनता ले पाखा लगाउने छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर