सिंहदरबारमा सर्वसाधारण नागरिकको सहज प्रवेशबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल – Nepal Press

सिंहदरबारमा सर्वसाधारण नागरिकको सहज प्रवेशबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारण नागरिकको सहज प्रवेशबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको भन्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्नपर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

उनीहरुबीच समसामयिक विषयमा पनि छलफल भएको हो । त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेश गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर