प्रदेश १ मा मुख्य दलका संसदीय दलका नेता सबै झापाका – Nepal Press

प्रदेश १ मा मुख्य दलका संसदीय दलका नेता सबै झापाका

विराटनगर । झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक-फरक दलको संसदीय दलको नेता चयन भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका हुन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित संसदीय दलका नेता भक्ती सिटौला झापाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

माओवादी संसदीय दलको नेतामा चयन भएका इन्द्रबहादुर आङ्वो पाचथर (२) बाट प्रदेशसभामा निर्वाचित भएको भएपनि उनी झापाको कमल गाउँपालिकामा बस्दै आएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्की झापा क्षेत्र नम्बर ५(१) बाट निर्वाचित भएका हुन भने राप्रपाका भक्ती सिटौला झापा क्षेत्रनम्बर ४(२) बाट निर्वाचित भएका हुन । उद्धव भने समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर