मधेसमा सांसद विमलाले लिइन् उर्दूमा शपथ
नेपाल प्रेस
२०७९ पुष १५ गते १८:४७
जनकपुरधाम । मधेस प्रदेशकी सांसद विमला अन्सारीले उर्दू भाषामा शपथ लिएकी छन् । सर्लाही घर भएकी विमला नेपाल संघीय समाजवादी पार्टीकी समानुपातिक सांसद हुन् ।
विमला संघीय समाजवादीकी एक्ली सांसद हुन् । उनी पार्टी अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीकी श्रीमतीसमेत हुन् ।
विमलाले उर्दू भाषामा शपथ लिने भनेर पहिल्यै प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी थिइन् । शुक्रबार उनीसहित ४९ जना सांसदले मातृभाषामा शपथ लिएका छन् ।
प्रतिक्रिया