‘कमेडी च्याम्पियन ३’को अडिसन जनवरी १ बाट – Nepal Press

‘कमेडी च्याम्पियन ३’को अडिसन जनवरी १ बाट

काठमाडाैं ।नेपालकै सर्वाधिक सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।

आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ ।

थ्रि प्रोडक्शन प्रा।लीले यो शोको निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *