मधेस प्रदेशका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ
नेपाल प्रेस
२०७९ पुष १४ गते १५:२२
जनकपुरधाम । मधेस प्रदेशका ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सांसद न्यौपानेलाई आज दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् । १०७ सदस्यीय प्रदेशसभामा सप्तरी ४ (१)बाट निर्वाचित न्यौपाने सबभन्दा बढी उमेरका (७१ वर्ष)का रहेका छन् ।
न्यौपानेले अब १०६ प्रदेशसभा सदस्यलाई भोली दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया