चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त – Nepal Press

चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।

पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *